काठमाडौँ / सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार उपचार खर्च दिने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, ‘सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधी उपचार खर्च स्वरुप मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।’

त्यस्तै शर्माले आगामी आर्थिक वर्षबाट मिर्गौला प्रत्यारोपण गरेका तथा डाइलासिस गराइरहेका व्यक्तिहरूलाई पनि औषधि उपचार खर्चका लागि मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । 

शर्माले यस्ता बिरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउनको लागि १ अर्ब ५० करोड विनियोजन गरेको बताए ।