काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन्। आज १ लाख ४ हजार ५३४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।