एजेन्सी / मलेसियामा पछिल्लो २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । भने चार जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना संक्रमित भेटिएका हुन् । यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको छ । हाल सम्म ४४ लाखभन्दा बढी संक्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका बताइएको छ । तीमध्ये थोरै मात्र संक्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।