काठमाडौं /  देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८२१ परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार कोरोनाको सङ्क्रमणबाट १८ जना मुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् ।