काठमाडौं /  पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको आरटी पीसीआरएन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार ०६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर २३ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरूको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।