काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १९ हजार ०६१ पुगेको छ ।




































