एजेन्सी / छिमेकी मुलुक भारतमा कोरोना  संक्रमण फेरि बढेको छ । विशेषगरि दिल्ली, गुरुग्राम र मुम्बई लगायत शहरमा कोरोना सङ्क्रमितको संख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका जम्मा ७ सय ३४ जिल्लामध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यी जिल्लामा संक्रमण नियन्त्रण बाहिर रहेको छ ।

भारतको राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा थप दुई सय ९९ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो समयमा दिल्लीमा कोरोना संक्रमण दर शून्य दशमलव पाँच प्रतिशतबाट बढेर दुई दशमलव ७० प्रतिशत पुगेको छ । यो सँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका छन् । 

OM Sai Pathibhara Hospital

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । भारतमा जुन र जुलाईमा कोरोनाको सङ्क्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने तर दोस्रो लहरजस्तो घातक नहुने विज्ञहरूको भनाइ छ ।