विराटनगर / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थीलाई मानव अंगसहति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा रहेका छन् । 

OM Sai Pathibhara Hospital

विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले सिन्हालाई रिक्सामा भारततर्फ जाँदै गर्दा पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले जानकारी दिए । 

लामिछानेका अनुसार सिन्हाका साथबाट मानिसको टाउको,  खुट्टाको तीन वटा हड्डी, हातको छ वटा हड्डी, करङको सात वटा हड्डी, काँधको दुई वटा हड्डी, ढाँड, औंला, कुर्कुचाको ८–८ वटा हड्डी, घाँटी, हिप र बङ्गाराको १–१ वटा हड्डी बरामद भएको छ । 

पक्राउ परेका सिन्हा र बरामद भएको सामानलाई कारबाहीका लागि इलाका प्रहरी रानी पठाइएको लामिछानेले बताए ।