बिर्तामोड / आज देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना पुगेको छ।  

पछिल्लो २४ घण्टामा ४४ जना निको भएका छन्। हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।