बिर्तामोड / सरकारले देशव्यापी रुपमा टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट शुरु गरेको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइने स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको जनाएको छ ।

आज देखि सुरु भएको खोप अभियान आगामी वैशाख १८ गतेसम्म संचालन हुनेछ । केही जिल्लामा भने यसअघि नै खोप लगाउन सुरु गरिसकिएको छ ।

OM Sai Pathibhara Hospital

ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान शुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलो पटक खोप दिन लागिएको हो । खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

unnamed 2

unnamed (1)