एजेन्सी / इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा आर्सनल र चेल्सीले आइतबार राति जित निकालेका छन् । खेलको अन्तिम मिनेटमा काई हाभार्टजले चेल्सीको लागि गोल गरेपछि चेल्सीले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको हो । 

शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६९ अङ्क रहेको छ भने चौथो स्थानको आर्सनलको ५१ र पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडको ५० अङ्क रहेको छ । जितसँगै चेल्सी २८ खेलमा ५९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ जुन दोस्रो स्थानको लिभरपुलभन्दा सात अङ्क कम हो । 

OM Sai Pathibhara Hospital

आइतबार नै भएको खेलमा चौथौ स्थानमा उक्लिने क्रममा आर्सनलले लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेण्डर लाकाजेटीले समान एक गोल गरेका थिए ।

खेलको ११ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए भने खेलको ५९ औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० अन्तरको सहज जित दिलाएका थिए ।