एजेन्सी / फ्रेन्च लिग वानमा बोर्डेअक्समाथि पेरिस सेन्ट जर्मन (पीएसजी)ले ३-० को अन्तरले सहज र सानदार जित निकालेको छ । 

पिएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पे, जुनियर नेमार र लियान्द्रो ड्यानियल पारेडेसले समान एक-एक गोल गरेका थिए ।

OM Sai Pathibhara Hospital

खेलको २४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा नेमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारेका थिए । ६१ औं मिनेटमा पारेडेसले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाएका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई १५ अङ्कले पछि पारेको छ । पिएसजीले २८ खेलमा ६५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने बोर्डेअक्स २२ अङ्क जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अङ्क रहेको छ ।