झापा / बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी  झापा गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र घरेलु टोली झापा-११ खेल्दै छन् । सेमिफाइनलमा झापाले संकटा तथा आर्मीले सातदोबाटोलाई हराएका थिए । आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि उचालेको छ । उसले पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै जितेको थियो । आर्मी आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ । झापाले यसअघिका चारवटै संस्करणमा उप विजेतामा चित्त बुझाएको छ । ऊ दोस्रो संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो ।

OM Sai Pathibhara Hospital
झापा पनि आर्मीसँग बदला लिँदै यसपटक भने उपाधि घरमै राख्ने प्रयासमा हुनेछ ।