एजेन्सी / रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ ।

क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरेका छन् । 

OM Sai Pathibhara Hospital

थोमस मुलरको दुईवटा गोल रद्द गरिए पछि बायर्न जितबाट भने वञ्चित रह्यो । २६ खेलपछि बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १० अङ्कले अघि रहेको छ । बायर्नको ६० अङ्क रहेको छ भने दुई खेल कम खेलेको डर्टमण्डको ५० अङ्क रहेको छ ।