एजेन्सी / ब्राइटन विरुद्ध सहज जित निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी माथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जित निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २-० गोलले हराएको हो ।

लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जित सुनिश्चित गरेका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै, प्रिमियर लिगमा लिभरपुलको २ हजारौँ गोल थियो । २८ खेलबाट लिभरपुलको ६६ अंक रहेको छ भने शीर्ष स्थानमा रहेको सिटीमा टोली ३ अङ्कले मात्र पछि रहेको छ ।