बिर्तामोड / प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपको उपाधि ओखलढुङ्गाका विकास तामाङले हात पारेका छन् ।

शनिबार बिर्तामोडमा आयोजना गरिएको वडि बिल्डिङ च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभर अलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेलाडी ट्याग नम्बर ५२ का तामाङले उपाधि हात पारेका हुन् ।

OM Sai Pathibhara Hospital

यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज बिर्तामोडका खेलाडी ट्याग नम्बर ४७ का चन्द्रकुमार लिम्बू र सेकेन्ड रनरअपमा यारो फिटनेस बेलबारीका खेलाडी ट्याग नम्बर ३३ का मनोज सुवेदीले उपाधि हात पारेका छन् । यस्तै प्रतियोगिताको चौथो र पाँचौ स्थानमा क्रमश नट्रीहन फिटनेसका खेलाडी ट्याग नम्बर १९ का कमल तामाङ, गोल्डेन फिटनेसका खेलाडी ट्याग नम्बर ३ का हर्कबहादुर राई विजयी भएका छन् ।

प्रतियोगिताको ओभ अल च्याम्पियनले नगद तीन लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले २ लाख, सेकेन्ड रनरअपले १ लाख र चौथो र पाँचौ स्थान ओगट्न सफल विजेताहरूले ७५ हजार र ५० हजार रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै लेडिज च्याम्पियनसिप तर्फ सहभागी एक जना खेलाडी सलिना राईले पनि नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र जितेकी छिन् ।

विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिव दीर्घराज मैनालीले विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।  ५५,६०,६५,७० केजी र ७० केजी भन्दा माथिको तौल समुहमा सहभागी भएका ४४ जना पुरुष खेलाडीहरूमध्ये ३० जना प्रि जजिङ्गबाट फाइनलको लागि छनोटमा परेका थिए ।

प्रतियोगिताको जजहरुमा शारीरिक सुगठन संघका सदस्य तथा जज कमिटी अध्यक्ष शिवलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेन्द्ररत्न तुलाधर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक अजय बज्राचार्य, एसियन रेफ्री शिव मुखिया, राष्ट्रिय निर्णायक केशव नागा, रणबहादुर थेवे, हरि धिमाल, दिपेश पाठक, पूर्ण तामाङ र सीता राई श्रेष्ठ रहनु भएको थियो ।

प्रतियोगिताको अन्य संस्करण प्रत्येक २ वर्षमा आयोजना गरिने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिए । प्रतियोगिता बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको मुख्य प्रायोजनमा आयोजना गरिएको हो ।