एजेन्सी / इंग्लि प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले गएराति टोटेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडले गएराति टोटेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । टोटेनहमको लागि ह्यारी केनले एक गोल गरेका थिए ।

OM Sai Pathibhara Hospital

खेलको १२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए ।

७२ औं मिनेटमा पुनः खेल बराबरीमा आयो । रेगुइलोनको क्रसमा ह्यारी मगाएरको क्लिअर गर्ने प्रयास सिधै गोल भएको थियो । ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।

जितसँगै युनाइटेड २९ खेलमा ५० अङ्क सहित चौथो स्थानमा उक्लिएको छ । टोटेनहम भने २७ खेलमा ४५ अङ्क साथ सातौँ स्थानमा रहेको छ ।