एजेन्सी / सिरी ‘ए’ मा एसी मिलानले गएराति इम्पोलीलाई १–० गोलको अन्तरले पराजित गरेको छ ।

एसी मिलानलाई जित दिलाउनको लागि पिएरे कालुलुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १९ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

OM Sai Pathibhara Hospital

यो जितसँगै एसी मिलानले शीर्षस्थानमा ५ अङ्क अग्रताको लिएको छ । २९ खेलबाट एसी मिलानले ६३ अङ्क जोडेको छ । दुई खेल कम खेलको इन्टर मिलान ५८ अङ्क सहित दोस्रो स्थानमा रहेको छ । पराजित इम्पोली ३२ अङ्क जोडेर १३ औं स्थानमा रहेको छ ।