काठमाडौं / पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २ हजार २३८ पीसीआर र २ हजार ८२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १९२ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६० हजार ८७८ जना पुगेको छ । 

उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ५ हजार ५० जना सक्रिय संक्रमित छन् ।