काठमाडौँ / पछिल्लो २४ घण्टामा १९४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३९४ नमूना परीक्षणमध्ये ७४ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९४९ छ । मन्त्रालयका अनुसार थप ३४८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । हाल मुलुकभर ५ हजार ८७५ सक्रिय संक्रमित छन् ।