काठमाडौं / नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार पनि ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ३१३५ जनामा परीक्षण गर्दा ५४ जनामा र एन्टिजेन विधिबाट १७९४ जनामा परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । यही अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन् ।  हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ ।