काठमाडौं /नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्कदै छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली टोली आज शुक्रबार स्वदेश फर्कन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली साँझ साढे ५ बजे स्वदेश आईपुग्ने छ । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

OM Sai Pathibhara Hospital

बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि भने युएईले जितेको छ ।