काठमाडौं / आइसिसी विश्वकप टि-२० विश्वकप छनोट खेलमा नेपालसामु यूएईले १७६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ जोड्यो ।

यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी-२० कपमा पुग्ने छ । दुबै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुबैले पछिल्लो पटक २०१४ मा ट्वान्टी-२० विश्वकप खेलेका थिए । त्यसयता दुबै टोली पहिलो पटक ट्वान्टी-२० विश्वकप पुग्ने प्रयासमा छन् ।