काठमाडौं / आईसीसी  टिट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले आज  क्यानडासँग खेल्दै छ । 

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल इमारात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडा बीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।

क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ। तर, नेपाल क्यानाडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानाडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानाडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टिट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।