काठमाडौं / नेपालले टि २० विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा फिलिपिन्सलाई २१९ रनको विजयी लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको हो। 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाउँदै शतकीय पारी खेले। उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे।

OM Sai Pathibhara Hospital

यस्तै, उनीसँग नेपालकै ठूलो टि–२० साझेदारी खेलेका दीपेन्द्रसिंह ऐरीले ८३ रन बनाए।