काठमाडौँ / आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । नेपाल यस अघि १२ औं स्थानमा रहेको थियो ।

सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजय भोगेको थियो । सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।

OM Sai Pathibhara Hospital

चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५ औं तथा ओमान १८ औं स्थानमा रहेका छन् । एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।