भरतपुर  / भरतपुर अस्पतालमा कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आज (आइतबार) देखि लागू हुनेगरि जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चित समयका लागि बन्द गरेको जनाएको हो ।

OM Sai Pathibhara Hospital

अस्पतालका सबै विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत कर्मचारी ठूलो सङ्ख्यामा कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक शल्यक्रियाबाहेकका अरु सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ ।