भरतपुर / भरतपुर अस्पतालमा कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आज (आइतबार) देखि लागू हुनेगरि जनरल ओपिडी तथा रुटिन अपरेसन सेवाहरु अनिश्चित समयका लागि बन्द गरेको जनाएको हो ।






































