एजेन्सी / न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले कोभिड महामारीका कारण आफ्नो विवाह स्थगित गरेकी छन् ।

समाचार संस्था रोयटर्सका अनुसार कोभिड नियन्त्रणका लागि देशमा लागू प्रतिबन्धहरूमा थप कडाई गर्दै ४२ वर्षीया जसिन्डाले आजका लागि तय विवाह रोकेकी हुन् ।   

कडा प्रतिबन्धहरूको घोषणा गर्दै उनले भनिन्, ‘अहिलेका लागि मैले आफ्नो विवाह सारेकी छु । र, कोरोनाको अमिक्रोन भेरियन्टको संक्रमणबाट बच्न म सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्छु ।’ 

OM Sai Pathibhara Hospital

न्युजिल्याण्डमा लागू नयाँ नियमअनुसार विवाहजस्ता समारोहमा कोरोनाविरुद्धको सबै डोज भ्याक्सिन लगाएका व्यक्तिहरूलाई मात्र सहभागी हुन अनुमति छ । 

 जसिन्डा र उनका प्रेमी क्लार्क गेफार्डले आफ्नो विवाहको अर्को मिति भने घोषणा गरेका छैनन् । कोरोना महामारी मत्थर भएपछि उनीहरूले विवाहको नयाँ मिति घोषणा गर्ने बताइएको छ ।