काठमाडौँ / कोरोनाका कारण तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनवरी पहिलो साताबाट सुरु भएको तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको बताएका हुन्।

‘खोपले बचाउँछ भन्ने कुरा विश्वव्यापी नै प्रमाणित भइसकेको कुरो हो । हाम्रोमा पनि त्यही देखियो,’ अधिकारीले भने, ‘तेस्रो लहर सुरु भएयता मृत्यु भएका ८८ प्रतिशत बढीले खोप नलगाएको पाइयो ।’