झापा / वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्साका एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । 

सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए । कोरोना लहरको तेस्रो लहरसगैँ पर्साको यो पहिलो मृत्युको घटना बनेको छ । सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

OM Sai Pathibhara Hospital

कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि निजी अस्पतालले सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो । मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिएका छन्  ।