काठमाडौँ / दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड  देखिएको छ ।

कोभिड सङ्क्रमित ती दुवै जनावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । सङ्क्रमित जनावरहरूले श्वास फेर्न कठिनाइ महसुस गरेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

जनावरको  रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रिटोरिया  विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । यस अघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकहरूले बताएका थिए ।

भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।  जनावरमा गरिएका परीक्षणमा कोरोना भाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।