काठमाडौँ /  सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोनाको पीसीआर परीक्षण शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८००  रुपैयाँ लाग्ने छ, भने निजी प्रयोगशालाले १५ सय रुपैयाँ परीक्षण शुल्क लिन सक्नेछन् ।

यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गरिएको एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।