एजेन्सी / अस्ट्रेलियामा कोरोनाका कारण एकैदिन ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपत्काल घोषणा गरिएको छ । न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डमा आपत्काल घोषणा गरिएको हो । साथै अष्ट्रेलियाका ओमिक्रोन संक्रमित राज्यहरुका लागि थप ५७ हजार स्वास्थ्यकर्मी परिचालन र्गिरएको छ ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अष्ट्रेलियामा दैनिक ७३ हजार कोरोना संक्रमित हुन थालेकाले ५७ हजार स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु गरिएको छ ।

OM Sai Pathibhara Hospital

हिजो (मंगलबार) अष्ट्रेलियामा कोरोनाका कारण एकै दिन ७६ जनाको मृत्यु भएको थियो । जुन कोरोनाबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।