विराटनगर  / मोरङको विराटनगरस्थित कोशी अस्पतालका ४६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालका २५ स्वास्थ्यकर्मीसहित आठ डाक्टर र १७ जना नर्स गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

डाक्टर दासका अनुसार संक्रमित मध्ये ४२ जना होम आइसोलेसनमा छन् । चार जना भने काममा फर्किएको उनले बताए ।

‘स्वास्थ्यकर्मी संक्रमित भएपछि सिफ्ट म्यानेजमेन्ट गर्न पनि गाह्रो भइरहेको छ,’ उनले भने, ‘सबै विभाग खुला छन्, तर काम गर्न जनशक्तिलाई संक्रमण देखिँदा गाह्रो भइरहेको छ ।’