काठमाडौं / काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निर्णय मन्त्रिपरिषद्को निर्णयसँग बाझिएको छ ।

पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्ध, पास्नी, मृत्यु संस्कार लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलाप  सञ्चालन गर्दा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनिएको थियो ।

OM Sai Pathibhara Hospital

तर, मंगलबार काठमाडौं उपत्यकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको उल्लेख छ ।

मन्त्रिपरिषद्ले पार्टी प्यालेसमा २५ जनाभन्दा बढीको भेलामा रोक लगाए पनि प्रशासनले ५० जनासम्म उपस्थित हुन दिने भएको छ । जसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति भने लिनुपर्नेछ ।

प्रशासनले रङ्गशालामा कुल क्षमताको एक तिहाइ दर्शक प्रवेश गराउन पाउने आदेश जारी गरेको छ । माघ ७ गतेपछि रङ्गशालमा प्रवेशमा खोप कार्ड भने अनिवार्य गरिएको छ ।