एजेन्सी  / विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् ।

योसँगै विश्वमा ३२ करोड ८६ लाख ७७ हजार ७०८ जना कोरोनाबाट सङ्क्रमित भएको वल्डो मिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन तीन हजार ९९९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५५ लाख ५७ हजार ६०५ पुगेको छ । त्यस्तै २४ घण्टामा १० लाख एक हजार ७७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २६ करोड ७६ लाख २२ हजार ९७४ पुगेको छ ।

OM Sai Pathibhara Hospital

वल्डोमिटकाका अनुसार अमेरिकामा दुई लाख ८७ हजार ९७३जना, भारतमा दुई लाख ५८ हजार ८९, युकेमा ७० हजार ९२४, फ्रान्समा दुई लाख ७८ हजार १२९ जना, इटालीमा एक लाख ४९ हजार ५१२ जनामा कोरोना पुष्टि भएको छ ।