बिर्तामोड / संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।  मन्त्री आलेको  स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital


मन्त्री आलेका स्वकीय सचिव रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । मन्त्री आलेको कन्ट्याकट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरू  स्वाब परीक्षणको तयारीमा छन् । मन्त्री आलेको सचिवालयले सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रीमा कोरोना देखिएपछि  मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरिएको छ ।