काठमाडौँ / सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपङ्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरूलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

OM Sai Pathibhara Hospital

माघको सुरुमा अग्रपङ्तिमा खटिने व्यक्तिहरूलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरूलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् ।

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरूलाई बुस्टर डोज लगाइने छ ।