काठमाडौँ  / पछिल्लो २४ घण्टामा देशभर थप पाँच हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २० हजार पाँच सय ६० जनाको पीसीआरएन्टिजेन परीक्षण गर्दा पाँच हजार ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।