काठमाडौं / पछिल्ला केही दिनयता स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमणको जोखिम थपिँदै गएको छ । गएको दुई दिनयता वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेत स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँछन् । विभिन्न वार्ड तथा आइसीयु कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतले बताए ।   

OM Sai Pathibhara Hospital

बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

अस्पताल भर्ना हुने बिरामी बढ्दो

चिकित्सकहरूका अनुसार अस्पतालमा कोरोना सङ्क्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ ।

गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । ‘अस्पतालमा भर्ना हुने सङ्क्रमितको दर ह्वातै बढेको छ,’ डा। बस्नेतले अनलाइनखबरसँग भने, ‘यही रफ्तारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिनेछन् ।’

उनका अनुसार अस्पताल भर्ना भएका अधिकांश सङ्क्रमितले दुवै डोज खोप लगाएका पाइएको छ ।

खोपको एन्टिबडी घट्दै गएको तथा नेपालमा प्रयोग भएको खोपको प्रभावकारिता कम भएकाले पुन संक्रमण देखिएको विज्ञहरूले बताउँदै आएका छन् ।

हाल वीरमा ५३ जना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार ५ सय बेडसम्मको सञ्चालन गर्न सकिने छ । तीन सय जनरल, दुई सय एचडीयू, एक सय आईसीयू सञ्चालन गर्न सकिने डा. बस्नेतले जानकारी दिए ।