झापा (एजेन्सी) भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमणको दर दिनहुँ तीव्र बढेको देखिन्छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् जुन अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट फैलिएसँगै भारतमा कूल संक्रमित मध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु समेत भएको छ । कोभिडबाट भारतका अन्य राज्य केरला, महाराष्ट्र र नयाँ दिल्लीमा सबैभन्दा बढी प्रभावित भेटिएका छन् ।