काठमाडौँ / कोभिड १९ को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।

काठमाडौँ मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिड विरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि , लोत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनिक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल , कोभिशिल्डएस्ट्राजेनेका खोप लगाइँदै आएको छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ । सरकारले कोभिड विरुद्धको खोप अनिवार्यको घोषणा गरेपछि खोप लगाउनेको भीड बढेको हो । खोप नलगाएकालाई सार्वजनिक सेवामा निषेधको घोषणा कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।