एजेन्सी / कोरोना महामारीको तेस्रो लहर चलिरहेको भारतमा कोरोना संक्रमण उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा २७ प्रतिशतले संक्रमित बढेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यही अवधिमा ८४ हजार ८२५ जना संक्रमणमुक्त भएका छन् भने ३८० जनाको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

अहिले भारतमा सक्रिय सङ्क्रमितको संख्या ११ लाख १७ हजार नाघेको छ । दैनिक संक्रमित हुने दर १३.११ प्रतिशत पुगेको छ ।

भारतमा ५ हजार ४८८ जनामा कोभिडको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । बुधबार भारतमा १ लाख ९४ हजार ७२० संक्रमित थपिएका  थिए ।