काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परिक्षण गरिएकोमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।
कोरोना सङ्क्रमणका कारण २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।