विराटनगर /  भारतको जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्ने २० प्रतिशत मानिसहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । 

जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्ने मानिसहरूको कोरोना परीक्षण गर्दा २० प्रतिशतलाई कोरोना पुष्टि भएको नेपाल भारत सीमास्थित रानी हेल्थ डेस्कका चिकित्सक सुरेन्द्र यादवले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

यादवका अनुसार मंगलबार भारतबाट नेपाल आउने एक सय १४ जनाको कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको थियो । 

जसमा ४ जना नेपाली नागरिक थिए भने १७ जना भारतीय नागरिक रहेको यादवले जानकारी दिए ।

उनले एन्टीजेन रिपोर्ट पोजेटिभ आएका नेपाली नागरिकलाई होम आइसोलेसनमा बस्न र पोजिटिभ देखिएका भारतीय नागरिकहरूलाई भारत तर्फनै फिर्ता पठाइएको बताए ।