बिर्तामोड / झापामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्ध लगाइएको खोप कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलबार सम्पन्न बैठकले सो ९ बुँदे निर्णय गरेको छ ।
बैठकले सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरि प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आग्रह गरेको छ । अत्यावश्यक नियमित कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने निर्णय भएको छ । अर्को, सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढि भेला हुने गरि मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न , नगराउन आग्रह गरिएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, बैठकले कार्यालयहरू, होटल, रेस्टुरेन्ट हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा कोभिड विरुद्धको खोप कार्ड अनिवार्य ( मोबाइलमा फोटो भएपनि हुने ) गर्ने निर्णय गरेको छ ।
नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने, परीक्षणमा कोभिड देखिएका व्यक्तिलाई तत्कालै आइशोलेशनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
सार्वजनिक स्थलहरूमा निःशुल्क एन्टिजेन परीक्षणका लागि बुथहरू स्थापना गर्न र नियमित खोप केन्द्रहरूमा खोपलाई अभियान कै रुपमा अघि बढाउन स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्ने कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

 ।