काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाइसकेका छन् भने १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन् । तर लक्षित जनसङ्ख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन् । 

केन्द्रीय तथ्यांक विभाग अनुसार सरकारले खोप अभियान सुरु गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसङ्ख्यामा राखेको हो भने नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ। 

OM Sai Pathibhara Hospital

१८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन्। 

यस्तै, १८ वर्ष माथिका ५६.९ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्। अर्थात १८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन्। 

मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।