काठमाडौँ  / भारतमा एकैदिनमा कोरोना भाइरसका झन्डै दुई लाख संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ । यो सँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन् ।

OM Sai Pathibhara Hospital

भारतमा पछिल्लो समय कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ । डिसेम्बर अन्तिमसम्म भारतमा दैनिक सङ्क्रमितको संख्या १० हजारभन्दा कम थियो ।  

ओमिक्रोन भेरियन्टसँगै आएको तेस्रो लहरमा संक्रमण दिन दुई गुणा रात चौगुणाका दरले बढिरहेको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा भारतभर ४४२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । 

बुधबारसम्म भारतमा तीन करोड ५७ लाख बढीमा संक्रमण देखिएको छ, भने ४ लाख ८४ हजार बढीले ज्यान गुमाएका छन् । 

यसअघि डेल्टा भेरियन्ट फैलिँदा भारतमा एकैदिन कोरोना संक्रमित हुनेको संख्या चार लाख बढी पुगेको थियो ।