बिर्तामोड / सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईँलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरूले पि सि आर परीक्षणका लागि  जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए । 

OM Sai Pathibhara Hospital


सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा  बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पि सि आर परीक्षण गर्दा उनमा कोरोना देखिएको रिजालले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उनले बताए। कोरोना संक्रमण पछि उनी होम आइसोलेसनमा छन् ।