काठमाडौँ   / काठमाडौँमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ । 

स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका सो उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । 

कार्यालयले उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भिडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ ।