काठमाडौँ  / भारतमा दैनिक कोरोना सङ्क्रमितको संख्या एक लाख ८० हजारको हाराहारीमा पुगेको छ । सोमबार कोभिड –१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४६ जना सङ्क्रमितको मृत्यु भएको छ । 

OM Sai Pathibhara Hospital

भारतमा कोभिड –१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित मध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।

महाराष्ट्रमा सोमबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २१६ पुगेको केन्द्रीय मन्त्रालयले जनाएको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका सङ्क्रमितको संख्या ५२९ पुगेको छ ।